प्रधानमन्त्रीले छलफलका लागि कांग्रेसका नेताहरूलाई बोलाए
काठमाडाैं | जेठ ४, २०८१
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेताहरूलाई छलफलका लागि बोलाएका छन् ।
प्रधानमन्त्री प्रचण्डले शुक्रवार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बोलाएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
बुधवार बसेको प्रतिनिधिसभा बैठकका सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरूबिच धकेलाधकेलको स्थिति भएपछि आज बिहानैदेखि दुवै पक्ष आ–आफ्ना रणनीति बनाइरहेका छन् ।
कांग्रेसले संसद् भवन नयाँ बानेश्वरमा कांग्रेसले बोलाएको विपक्षी दलको बैठकले छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने निर्णय गरेको छ । यता सत्ता पक्षको प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले संसद् खुलाउने विषयमा छलफल गरेका थिए ।
लेखनाथ: महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ । शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

